मुस्ताङको थासाङमा ठुलो हिमपहिरो, भागाभाग हुँदा ७ जना घाइते


खबरस्टोरी संवाददाता
२८ कार्तिक २०७८, आईतवार
मुस्ताङको थासाङमा ठुलो हिमपहिरो, भागाभाग हुँदा ७ जना घाइते

काठमाडौँ। आइतबार मुस्ताङमा हिमपहिरो झरेको छ । सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा हिउँ पहिरो गएको हो।  हिमपहिरो आएपछि भाग्‍ने क्रममा ७ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको  छ ।

थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले  बताए अनुसार पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको छ। घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्‍ने उपप्रमुख शेरचनले बताइन् । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् ।