मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


खबरस्टोरी संवाददाता
१३ बैशाख २०७९, मंगलवार
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काठमाडौँ । कपिलवस्तुमा मोटरसाइकले ठक्कर दिँदा नगरपालिका—४ गोलपुरमा आज एक जना पैदलयात्रीको मृत्य भएको छ । मृत्य हनेमा स्थानिय ७५ बर्षीय पंचम  अहिर रहेका छन् ।

आज बिहान साढे १० बजे तौलिहवाबाट गोपालपुर तर्फ जाँदै गरेको  यू.पि.  ५५ एक्स ९१८० भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेका अहिरलाई ठक्कर दिएको थियो ।

  मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्य भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।