म्यानमारकी नेतृ सुकी भ्रष्टाचारको आरोपमा जेल चलान


खबरस्टोरी संवाददाता
१४ बैशाख २०७९, बुधबार
म्यानमारकी नेतृ सुकी भ्रष्टाचारको आरोपमा जेल चलान
काठमाडौं । जननिर्वाचित सरकारलाई अपदस्थ गरेसँगै सैन्य नियन्त्रणमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल चलानको सजाय सुनाइएको छ ।

उनीमाथि लागेका १० वटा भ्रष्टाचार आरोपको अझै फैसला हुन बाँकी छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड बराबरको सुन घुस लिएको आरोपमा बुधबार ५ वर्षको जेल सजाय सुनाइएको हो ।