नेपाल प्रहरीका पाँच डिजाईजी एआईजी बढुवाका लागि सिफारिस


खबरस्टोरी संवाददाता
९ जेष्ठ २०७९, सोमबार
नेपाल प्रहरीका पाँच डिजाईजी एआईजी बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्।  बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा उत्तमराज सुवेदी बढुवाका लागि सिफारिस भएका छन् भने दोस्रामा अरुणकुमार बिसी, तेस्रोमा दिवेश लोहनी, चौथोमा मुकुन्द राज आचार्य र पाँचौ नम्बरमा पूजा सिंह छन् ।