नेपाल प्रहरीको प्रमुखमा सिंह र सशस्त्रको प्रमुखमा अर्याल नियुक्त


खबरस्टोरी संवाददाता
१८ बैशाख २०७९, आईतवार
नेपाल प्रहरीको प्रमुखमा सिंह र सशस्त्रको प्रमुखमा अर्याल नियुक्त
काठमाडौँ । सरकराले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरिक्षक धिरजप्रताव सिंहलाई र सशस्त्र प्रहरी बलको प्रमुखमा राजु अर्याललाई नियुक्त गरेको छ । 

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरिक्षक (आइजीपी) मा र अर्याललाई सशस्त्र प्रहरी बल को आइजीपीमा नियुक्त गरेको जानकारी गराइएको छ । गृहमन्त्रालयले नेपाल प्रहरीका नयाँ आईजीपीको लागि एआईजी विश्वराज पोखरेललाई सिफारिस गरेको थियो । तर प्रधानमन्त्री देउवाको रोजाईमा तेस्रो बरियतामा रहेका सिंह आइजीपी भएका हुन् । 

प्रहरीमा एआइजीहरु विश्वराज पोखलेर, सहकुल थापा, धिरजप्रताव सिंह र रविन्द्र धानुक आईजीपीको दाबेदार थिए । भने सशस्त्र प्रहरीमा एआइजी राजु अर्याल एकल दाबेदार थिए । 

सम्बन्धित समाचार 

प्रहरीको नयाँ नेतृत्व आजः चलखेल नभए पोखरेल आईजीपी

पोखरेल स्वभाविक दावेदार, तीन एआईजीको चलखेल

विश्वराज पोखरेललाई आईजीपी बनाउन गृह मन्त्रालयको प्रस्ताव

आईजीपीको दौड शुरु, एआईजीबीच तीब्र प्रतिस्पर्धा