नेपाल प्रहरीका पूर्व एआईजी पंकज श्रेष्ठको निधन


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
नेपाल प्रहरीका पूर्व एआईजी पंकज श्रेष्ठको निधन
काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

डीएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो । परिवारजनकाअनुसार शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ ।