नेपाल रेडक्रस सोसाइटीमा चोरी


खबरस्टोरी संवाददाता
१५ बैशाख २०७९, बिहीबार
नेपाल रेडक्रस सोसाइटीमा चोरी
काठमाडौँ । बुधबार राति नेपाल रेडक्रस सोसाइटी दाङको शाखा कार्यालय तुल्सीपुरमा चोरी भएको हो । चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए । 

कक्षामा रहेका सबै दराज र लकहरू फोरेको चोरले अन्य कुनै पनि सामान लिएको देखिएको छैन ।

चोरी भएको विषयमा अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।