नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप, प्रहरीद्वारा हवाइ फायर


खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप, प्रहरीद्वारा हवाइ फायर
बाँके। नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजा विरेन्द्रको सालिक राख्ने विषयलाई लिएर झडप भएको छ।

बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि सालिक राख्न आएकाले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । उनीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले करिब ४ राउन्ड हवाइ फायर चलाएको छ। 

झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।