निर्वाचन आयोगमा खटिएका एसपी शाही फिर्ता


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
निर्वाचन आयोगमा खटिएका एसपी शाही फिर्ता
काठमाडौ । निर्वाचन आयोगमा खटिएका एसपी शाही फिर्ता भएका छन् ।

आयोगका आयुक्त निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई अभद्र व्यवहार आरोपमा प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र शाही फिर्ता भएका हुन् ।बुधबार आयुक्तको गाडीमा एसपीको सवारी गाडी ठोक्किएपछि शाहीले अभद्र व्यवहार गरेको आयोग स्रोतको भनाइ छ । 

शाहीलाई फिर्ता पठाउनेबारे गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भईसकेको छ ।