निर्वाचनका लागि मतदान केन्द्रतर्फ जाँदै म्यादी प्रहरी


खबरस्टोरी संवाददाता
२७ बैशाख २०७९, मंगलवार
निर्वाचनका लागि मतदान केन्द्रतर्फ  जाँदै म्यादी प्रहरी
काठमाडौँ। यहि शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका म्यादी प्रहरीहरु आफ्नो कार्य क्षेत्रतर्फ  जाँदै छन् । निर्वाचन कार्यालय मकवानपुरले १ हजार ३ सय २२ जना म्यादी प्रहरी माग गरेअनुसार उनीहरूलाई तालिम पछि आज कार्य क्षेत्रतर्फ खटाइएको हो । 

४० दिन खटिने म्यादी प्रहरीले तलब सुविधा ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ, पोसाक भत्ता ६ हजार रुपैयाँ र निर्वाचन स्थलमा खटिन एक हजार रुपैयाँ यातायात खर्च पाउने  सरकारले व्यवस्था गरेको छ ।