नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई जना प्रहरी हिरासतमा


खबरस्टोरी संवाददाता
८ असार २०७९, बुधबार
नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई जना प्रहरी हिरासतमा
अर्घाखाँची । एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी बालिकाकी हजुर आमा नाता पर्ने भएको प्रहरीले खुलासा गरेको छ।

सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई  सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो ।  तत्पश्चात ती  बालिकालाई  बलात्कार गराउनमा  हजुर आमा नाता पर्ने छिमेकी  ४० बर्षीया महिला नै मुख्य सहयोगी रहेको  खुलासा भएको हो ।

पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती  ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ , बिस्कुट  खान जाउँ भन्ने आश्वासन दिदै र  अन्य लोभ लालच समेत देखाउँदै  बलात्कारको शिकार बनाएकी थिइन् ।

यस यता पनि  उनले आफ्नो घरमा र  पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर  न्यौपानेबाट बलात्कार गराई पैसा समेत लिने गरेको पाइएकोले  ती दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।