पल शाह प्रकरणः पीडितले नवलपुरमा पनि बयान फेरिन्


खबरस्टोरी संवाददाता
८ बैशाख २०७९, बिहीबार
पल शाह प्रकरणः पीडितले नवलपुरमा पनि बयान फेरिन्
नवलपुर । नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका मोडल तथा अभिनेता पल शाह प्रकरणमा पीडितले नवलपुर जिल्ला अदालतमा पनि वयान फेरेकी छिन् ।

अभिनेता पल शाह विरुद्ध परेको उजुरीमा जिल्ला अदालत तनहुँमा बकपत्रमा वयान फेरेकी पीडितले बुधबार नवलपुर जिल्ला अदालतमा बकपत्र गरिएको हो ।

 जिल्ला न्यायाधिश नन्दकिशोर प्रसाद यादवको इजलाशमा वकपत्र गरिएको हो । वकपत्रमा उनले पीडक भनिएका अभिनेता पल शाहले कुनै जबरजस्ती नगरेको बताएकी थिइन् । नवलपुरमा पीडितको बुवा, कलाकार दुर्गा थापा, कृष्ण जोशी, सम्राट चौलागाई, मेडिकल रिपोर्ट, मेडिकल डाक्टर लगायतको बकपत्र हुँदैछ ।