प्रचण्डलाई ‘जुत्ता हान्छु’ भन्दै सामाजिक सञ्जालमा लेख्ने दाङका पत्रकार पक्राउ


खबरस्टोरी संवाददाता
२५ बैशाख २०७९, आईतवार
प्रचण्डलाई ‘जुत्ता हान्छु’ भन्दै सामाजिक सञ्जालमा लेख्ने दाङका पत्रकार पक्राउ
काठमाडौँ। सामाजिक सञ्जालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर ३ बस्ने वर्ष ५२ का यज्ञ बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

बुढाले ‘मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उक्त्त पोस्ट पश्चात उनलाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  बुढामाथि विद्युतीय करोबार ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । 

त्यस्तै आज चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम रहेको छ ।