काभ्रेमा निर्माण हुने प्रहरी एकेडेमी ईपीसी मोडलमा निर्माणका लागि भारतीय कम्पनी छनोट गरेको हो । गृह मन्त्रालय मातहतको राष्ट्रिय प्रहरी प्रतिष्ठानले एकेडेमी निर्माणका लागि कम्पनी छनोट गर्न सम्झौताका लागि आउन भन्दै सूचना निकालेको थियो ।
मन्त्रालयले एसीआएल– आरसीपीएल (जेभी) भारतीय र नेपाली संयुक्त उपक्रमको कम्पनी छनोट गर्न लागेको हो ।जसमा विस्तृत अध्ययन, डिजाइन र निर्माणको काम नै कम्पनीले गर्नु पर्नेछ। यसको कुल लागत करबाहेक १० अर्ब १ करोड ५१ लाख रुपैयाँ रहेको छ ।