प्रहरी एकेडेमीको कार्यकारी निर्देशकमा डिआइजी आचार्य


खबरस्टोरी संवाददाता
२५ बैशाख २०७९, आईतवार
प्रहरी एकेडेमीको कार्यकारी निर्देशकमा डिआइजी आचार्य
काठमाडौं । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको रुपमा प्रहरी नायव महानिरीक्षक मुकुन्दराज आचार्यले जिम्मेवारी पाएका छन् ।

प्रहरीमा रिक्त रहेको ४ जना एआइजी पदमा बढुवाका लागि प्रमुख दाबेदार मानिएका आचार्य महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।एआइजी निरज शाहीले अवकाश पाएपछि प्रतिष्ठान एसएसपीको भरमा चलेको थियो ।