गृह मन्त्रालयले गत ८ असारमा प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो ।
बढुवा समितिको बैठकले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वसन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको थियो ।