प्रहरीका नवनियुक्त डीआईजीले लगाए फुली


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
प्रहरीका नवनियुक्त डीआईजीले लगाए फुली
काठमाडौ । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका प्रहरी अधिकारीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बढुवा भएका पदाधिकारीलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

गृह मन्त्रालयले गत ८ असारमा प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो ।

बढुवा समितिको बैठकले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वसन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको थियो ।