गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।
डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन् । यस्तै, बिसीले १ नम्बर प्रदेश प्रहरी कार्यालय र लोहनीले गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेका छन् ।
डीआईजी आचार्य प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत छन् भने सिंह वाग्मती प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेकी छन् ।