सशस्त्र प्रहरीमा पनि देउवा सरकारको हस्तक्षेप, बरियताक्रम मिच्ने रणनीतिका साथ डीआईजी बढुवामा रोक


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
सशस्त्र प्रहरीमा पनि देउवा सरकारको हस्तक्षेप, बरियताक्रम मिच्ने रणनीतिका साथ डीआईजी बढुवामा रोक
काठमाडौ । सशस्त्र प्रहरी बलमा पछिल्लो समयमा व्यापक रुपमा राजनिती हस्तक्षेप हुन थालेको छ । बलमा हुने हरेक सरुवा बढुवामा सत्ताधारी दलहरुको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अस्वभाविक चासो देखिन थालेको छ ।

बढुवामा वरीयता, कार्यकुशलता, व्यावसायिकतालाई प्रथम प्राथमिकतामा राखिने भनिए तापनि बढुवा सूची तयार पार्दा सम्म राजनितीक दल र नेताहरुसँगको सम्बन्ध र साठँगाठ गर्न सक्ने व्यक्ति नै अन्तत् लिस्टमा अटाँउछ, जसका कारण बलभित्रै व्यापक असन्तुष्टि देखिन थालेको छ ।

सशस्त्रमा यतिबेला चार डीआईजी र २७ एसएसपीको पक्त रिक्त छ । नियमअनुसार कामु एसएसपीहरुलाई सूचना प्रकाशित गरेर बढुवा प्रक्रिया अघि बढाउनुपर्नेमा प्रधानमन्त्रीका पीए भानु देउवाको दबावमा जारी भएको सूचना नै वेभसाइटबाट हटाइएको छ । सशस्त्रको नियमअनुसार एसएसपी हुन चार वर्ष पुगेको हुनुपर्ने नियम छ । तर, उक्त नियमअनुसार सिसम १ का कामु एसएसपीहरुको चार वर्ष वैशाख २६ मा नै पुगिसकेको छ । कामुबाट कन्फर्म हुने लाइनमा एसएसपीहरु सुरेश श्रेष्ठ, दिपेन्द्र शाह,दिपक अधिकारी,पुरुषोत्तम थापा र अन्जनी पोखरेललगायत छन् । तर, उनिहरुको बढुवा समेत सिसम २ का कामु एसएसपी कुँवरकै दबावमा रोकेर राखिएको छ ।

कुवँरको ब्याचको एक नम्बरमा विष्णु भट्ट, दिग्विजय सुवेदी, विश्व भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत र माधवप्रसाद पौडेललगायत छन् । कुँवर ११ औं नम्बरमा छन् ।

सशस्त्रको स्टाफ कलेजको परिक्षामा दुई पटक अनूर्तिण भएका कुंवरलाई आफनो व्याचभन्दा अगाडिको व्याचमा बढुवा गर्न सशस्त्रमा बढुवा रोकेर राखिएको छ । जवकी उनलाई यसअघि पनि ७० नम्बरबाट तानेर ११ नम्बरमा ल्याइएको थियो । कुंवरलाई सिसम १ संगै बढुवामा राखेर लगत्तै डिआईजी बनाउने खेल भएको सशस्त्र स्रोत बताउँछ । 

हालै मात्र सशस्त्रमा रिक्त एसएसपी पदमा बढुवा रोकिएकोबारे संसदको बैठकमा समेत प्रश्न उठेको थियो । पूर्व गृहमन्त्री समेत रहेका एमाले नेता खगराज अधिकारीले संसद बैठकमा बोल्दै रिक्त पदमा बढुवाको लागि निकालेको सूचना आफ्नै वेभसाइटबाट हटाएको पनि थाहा नहुने घटनाले गृहप्रशासन कति निरिह छ भन्ने यसैबाट पुष्टी हुने आरोप समेत लगाएका थिए ।