बढुवामा वरीयता, कार्यकुशलता, व्यावसायिकतालाई प्रथम प्राथमिकतामा राखिने भनिए तापनि बढुवा सूची तयार पार्दा सम्म राजनितीक दल र नेताहरुसँगको सम्बन्ध र साठँगाठ गर्न सक्ने व्यक्ति नै अन्तत् लिस्टमा अटाँउछ, जसका कारण बलभित्रै व्यापक असन्तुष्टि देखिन थालेको छ ।
सशस्त्रमा यतिबेला चार डीआईजी र २७ एसएसपीको पक्त रिक्त छ । नियमअनुसार कामु एसएसपीहरुलाई सूचना प्रकाशित गरेर बढुवा प्रक्रिया अघि बढाउनुपर्नेमा प्रधानमन्त्रीका पीए भानु देउवाको दबावमा जारी भएको सूचना नै वेभसाइटबाट हटाइएको छ । सशस्त्रको नियमअनुसार एसएसपी हुन चार वर्ष पुगेको हुनुपर्ने नियम छ । तर, उक्त नियमअनुसार सिसम १ का कामु एसएसपीहरुको चार वर्ष वैशाख २६ मा नै पुगिसकेको छ । कामुबाट कन्फर्म हुने लाइनमा एसएसपीहरु सुरेश श्रेष्ठ, दिपेन्द्र शाह,दिपक अधिकारी,पुरुषोत्तम थापा र अन्जनी पोखरेललगायत छन् । तर, उनिहरुको बढुवा समेत सिसम २ का कामु एसएसपी कुँवरकै दबावमा रोकेर राखिएको छ ।
कुवँरको ब्याचको एक नम्बरमा विष्णु भट्ट, दिग्विजय सुवेदी, विश्व भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत र माधवप्रसाद पौडेललगायत छन् । कुँवर ११ औं नम्बरमा छन् ।
सशस्त्रको स्टाफ कलेजको परिक्षामा दुई पटक अनूर्तिण भएका कुंवरलाई आफनो व्याचभन्दा अगाडिको व्याचमा बढुवा गर्न सशस्त्रमा बढुवा रोकेर राखिएको छ । जवकी उनलाई यसअघि पनि ७० नम्बरबाट तानेर ११ नम्बरमा ल्याइएको थियो । कुंवरलाई सिसम १ संगै बढुवामा राखेर लगत्तै डिआईजी बनाउने खेल भएको सशस्त्र स्रोत बताउँछ ।
हालै मात्र सशस्त्रमा रिक्त एसएसपी पदमा बढुवा रोकिएकोबारे संसदको बैठकमा समेत प्रश्न उठेको थियो । पूर्व गृहमन्त्री समेत रहेका एमाले नेता खगराज अधिकारीले संसद बैठकमा बोल्दै रिक्त पदमा बढुवाको लागि निकालेको सूचना आफ्नै वेभसाइटबाट हटाएको पनि थाहा नहुने घटनाले गृहप्रशासन कति निरिह छ भन्ने यसैबाट पुष्टी हुने आरोप समेत लगाएका थिए ।