प्रधानसेनापति शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता


खबरस्टोरी संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार
प्रधानसेनापति शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्ड लओबीईबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानसेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।