प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. सुजितलाई कारबाही गर्ने गृहको तयारी


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. सुजितलाई कारबाही गर्ने गृहको तयारी
काठमाडौँ। एपीएफ बलम्बु अस्पताल​का सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा.सुजित कुमार साहलाई गृह मन्त्रालयले कारबाही गर्ने तयारी गरेको छ। 

सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ का साह बलम्बुस्थित एपिएफ अस्पतालमा कार्यरत छन्। उनी वैशाख १३ गतेदेखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित रहेकाले गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो । 

 सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) मा बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ ।

साथै मन्त्रालयले साहलाई विभागीय कारबाही हुन नपर्ने कुनै कारण भए ७ दिनभित्र सफाइ पेस गर्न पनि निर्देशन दिएको छ।