राप्रपाका मेयर पदका उम्मेदवारको गाडीमा आगजनी


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
राप्रपाका मेयर पदका उम्मेदवारको गाडीमा आगजनी
 मोरङ । मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ ।

गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । पेट्रोल छर्किएर कारको अगाडि र पछाडी लाइटर बालेर आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ ।प्रहरीका अनुसार बेलबारी नगरपालिका वडा नम्बर २ का उनी होटल व्यवसायी पनि हुन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे हुन् ।