गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । पेट्रोल छर्किएर कारको अगाडि र पछाडी लाइटर बालेर आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ ।प्रहरीका अनुसार बेलबारी नगरपालिका वडा नम्बर २ का उनी होटल व्यवसायी पनि हुन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे हुन् ।