रिटायर्डको एक दिनअघि लामा एआईजीपीमा बढुवा


खबरस्टोरी संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार
रिटायर्डको एक दिनअघि लामा एआईजीपीमा बढुवा
काठमाडौं। उमेर हदका कारण अवकाशमा जानु एक दिनअघि मात्रै वसन्त कुमार लामालाई सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)मा बढुवा गरेको छ। 

आफ्नो ५६ वर्षे उमेर हदका कारण शनिबार अनिवार्य अकाशमा जान लागेका लामालाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवाका लागि केही दिन अघिमात्रै सिफारिस गरिएको लामालाई अवकाशको एकदिन अघि एआईजीपीको फुली लगाउने बाटो खुलेको छ। प्रहरी प्रधान कार्यालयले लामालाई शुक्रबार नै एआईजीपीको फुली लगाउने तयारी समेत गरेको बुझिएको छ।

भोलि शनिबार बिदाको दिन भएको र भोलिबाटै उनी अवकाशमा जाने भएकाले शुक्रबार नै फुली लगाउने तयारी थालिएको हो ।

त्यसैगरी सरकारले दुई साता अघि एआईजीपी बढुवाका लागि सिफारिस गरिएका सशस्त्र प्रहरी बलका डीआईजी नारायणदत्त पौडेललाई पनि एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।