सडकमा गुडिरहेको ग्याँस बोकेको बुलेटमा आगलागी


खबरस्टोरी संवाददाता
१४ जेष्ठ २०७९, शनिबार
सडकमा गुडिरहेको ग्याँस बोकेको बुलेटमा आगलागी
काठमाडौँ। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्याँस बुलेटमा आज दिउँसो मुग्लिन सडकखण्डको १५ किलो भन्ने स्थानमा आगलागी भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

आगलागीबाट सम्भावित क्षति न्यूनीकरणको निम्ति नारायणगढ मुग्लिङ सडक खण्ड ३० मिनेट बन्द गरिएको थियो ।

आगलागीको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।