साढे ३३ किलो सुन काण्ड रहस्यमय नै रह्यो,शाक्य हत्याका आरोपित बने सजायका भागीदार


खबरस्टोरी संवाददाता
२० आश्विन २०७८, बुधबार
साढे ३३ किलो सुन काण्ड रहस्यमय नै रह्यो,शाक्य हत्याका आरोपित बने सजायका भागीदार

काठमाडौ \ साढे ३३ किलो सुन तस्करी प्रकरण अन्ततः रहस्यमय  नै बनेको छ । सुन तस्करी पुष्टि नभएपछि मोरङ जिल्ला अदालतले ‘तस्करीको आरोप खेपेका सबैलाई सफाइ दिएको छ । चूडामणि उप्रेती ‘गोरे’ सहितका ८ जना भने सनम शाक्यको हत्यामा सजायको भागीदार बने ।

सोे प्रकरणमा प्रहरीका उच्च अधिकारीहरुसहित ७७ जनामाथि मोरङ जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

हालसम्मकेै  ठूलो तस्करी मानिएको काण्डमाा मोरङ जिल्ला अदालतले तस्करीको प्रमाण नपुगेको ठहर गर्दै सनम शाक्यको हत्यामा मात्र ८ जनालाई कैद सजाय हुने फैसला सुनाएका छन् ।

तस्करी गरेर ल्याएको सुन ‘गायव’ बनाएको आरोपमा चूडामणि उप्रेती ‘गोरे’को समूहले यातना दिएर मोरङमा सनम शाक्यको हत्या गरेको थियो । २०७४ फागुन १८ मा मोरङको उर्लाबारीमा सनमको हत्या गरेको आरोपमा अदालतले ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय गरेको छ । जन्मकैदको सजाय पाउनेमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।