सामाजिक सञ्जालमा भाईरल ‘मिदी’ भिडिओ पोस्ट गर्ने किशोर पक्राउ


खबरस्टोरी संवाददाता
२२ बैशाख २०७९, बिहीबार
सामाजिक सञ्जालमा भाईरल ‘मिदी’ भिडिओ पोस्ट गर्ने किशोर पक्राउ
काठमाडौ ।  सामाजिक सञ्जालमा भाईरल बनेको भिडिओमा अभिनय गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ। 

करिब ३० सेकेन्डको उक्क्त भिडिओ विवादमा आएकाले प्रहरीले किशोरलाई बुधबार पक्राउ गरेको हो। पक्राउ परेका किशोर कपिलवस्तुको वाणगंगा नगरपालिका–४  का १६ वर्षीय नवराज रेग्मी हुन्। 

म्यादी प्रहरीको पोसाकमै सेल्फी भिडिओ सुट गर्दै उनले आफू मिदीमा भर्ना भइसकेकाले आफ्ना साथीहरुलाई जे जे गर्न मन लाग्छ गर्नु भनेका थिए। प्रहरीले ती किशोरविरुद्ध सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता गरेको छ।