अनौठौ शैली अपनाएर नेपालमा सुन भित्राउन खोज्ने ७ जनालाइ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना–१ का ४२ वर्षीया सुरेशबहादुर शाही, बारा जितपुरका २२ वर्षीय निर्मला घलान, २७ वर्षीया चिनियाँ नागरिक लोप्साङ ग्याल्सेन, कपिलवस्तु बाणगंगा–८ का २९ वर्षीय सन्दीप चन्द ठकुरी छन् ।
त्यस्तै, काठमाडौं बूढानीलकण्ठका ४१ वर्षीय राहुल भन्ने वरुणभक्त माथेमा, नवलपरासीका युवराज भुसाल र एक जना भारतीय नागरिक अमन राजपुत पक्राउ परेका छन् ।
यसरी तस्करी हुदै थियो सुन
छ महिनाअघि दुबई पुगेका सुरेश शाही र सन्दीप चन्द ठकुरी दुवै जना नेपाल फर्किंदा अवैध सुनसहित पक्राउ परेका हुन् ।
प्रहरीको अनुसन्धानका क्रममा शाही र ठकुरी नेपाल फर्किने बेला एक जनाले उनीहरूलाई केही थान लुगाकपडा पठाएको खुलेको छ । एक चिनियाँ नागरिकले शाही र ठकुरीलाई यो लुगा लगाएर जानू । नेपाल पुगेपछि निर्मला घलानलाई सम्पर्क गरेर बुझाउनु सो ेबापत १५÷१५ हजार रुपैयाँ दिन्छु भनेर पठाएका थिए ।
प्रहरीका सोही अनुसार उनीहरुले नेपाल पठाएकै लुगा लगाएर आए । सुरेश शाहीले सर्ट, पाइन्ट र सन्दीप ठकुरीले सर्ट, पाइन्ट, अन्डरवेयर र एउटा भेस्ट लगाएका थिए ।तर, लुगाको तौल भने स्वाभाविक थिएन । त्यही सूचना प्रहरीको अपराध अनुसन्धान कार्यालयलसम्म पुग्यो । विमानस्थलको आगमन कक्षबाहिर पुगेका शाही र ठकुरीको लुगा जाँच गर्दा भने प्रहरीलाई नै चकित पार्ने गरेर सुनको धुलो पारेर लुगाको भित्री भागमा टाँसेको र बाहिरी अर्को लेयरले छोपेको पत्ता लागेको हो ।
उनीहरूले त्यसरी ल्याएको कपडा रिसिभ गर्न खोज्ने निर्मला घलानसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ७ जनाबीच भने कुनै चिनजान छैन । उनीहरू पाँच रुपैयाँको नोटको फरक–फरक नम्बर देखाएर दुवैबाट नेपाल भित्रिएको उक्त कपडा रिसिभ गर्न आउँदा पक्राउ परेका हुन् ।
त्यसरी तस्कर समूहले विभिन्न लेयर बनाएर सुनसहितको लुगा भारत पठाउन खोज्ने सात जना प्रहरीको फन्दामा परेका हुन् । उनीहरूको साथबाट बरामद गरेको सुनको धुलो भएको लुगा डढाएर सुन निकाल्दा सन्दीपको साथबाट ५ सय ७२ ग्राम र सुरेशको साथबाट ३ सय १६ ग्राम सुन बरामद भएको छ ।