अधिकारीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेको हो ।
आक्रमणबाट उनी सामान्य घाइते भएका छन्। उपचारपछि उनी गोलबजारतर्फ लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले जानाएका छन् ।
उनी सिरहा नगरपालिकाका निर्वतमान मेयर अशेश्वर यादव चढ्दै आएका बा २ झ ३६५१ सेतो नम्बरको सरकारी गाडी चढेर काठमाडौंबाट आएको बताइएको छ। गाडी इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ। घटनाका विषयमा अनुन्धान भइरहेको प्रहरीले बताएको छ।