सिरहामा जसपा केन्द्रीय सदस्य माथि आक्रमण


खबरस्टोरी संवाददाता
२१ बैशाख २०७९, बुधबार
सिरहामा जसपा केन्द्रीय सदस्य माथि आक्रमण
काठमाडौँ । सिरहामा जनता समाजवादी पार्टी ( जसपा ) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि  आक्रमण भएको छ।

अधिकारीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेको हो ।

आक्रमणबाट उनी सामान्य घाइते भएका छन्। उपचारपछि उनी गोलबजारतर्फ लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले जानाएका छन् ।

उनी सिरहा नगरपालिकाका निर्वतमान मेयर अशेश्वर यादव चढ्दै आएका बा २ झ ३६५१ सेतो नम्बरको सरकारी गाडी चढेर काठमाडौंबाट आएको बताइएको छ। गाडी इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ। घटनाका विषयमा अनुन्धान भइरहेको प्रहरीले बताएको छ।