हतार हतारमै नयाँ आईजीपी सिंहलाई ‘फुली’ लगाइदै


खबरस्टोरी संवाददाता
१९ बैशाख २०७९, सोमबार
हतार हतारमै नयाँ आईजीपी सिंहलाई ‘फुली’ लगाइदै
काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहलाई हतारहतारमै सोमबार बिहान दज्र्यानी चिह्न लगाइने भएको छ गृह सचिव टेकनारायण पाण्डेले बिहान ८ः४५ बजे दज्र्यानी चिह्न लगाउदै छन् ।

आइतबार सरकारले सिंहलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। सिंहको बढुवामा अर्का एआईजी विश्वराज पोख्रेल र सहकुल थापा असन्तुष्ट देखिएका छन्। सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छन् । आइतबार सार्वजनिक बिदा परेको र राती अबेरसम्म मन्त्रिपरिषदको निर्णयको कपीसहित अदालत पुग्न सम्भव नभएपछि उनीहरु सोमबार मात्रै अदालत जाने भएका छन्, यता सरकारले आजै मात्र नियुक्त गरेको नयाँ आइजीपी सिंहलाई सरकारी कार्यालय खुल्नुअघि नै फुली लगाइदै छ ।

स्रोतका अनुसार रिट परेर सोमबार नै पेशी तोकिए सर्वोच्चले दज्र्यानी चिह्न लगाउनै रोक्नसक्ने भएकाले बिहानै कार्यक्रम तय भएको बुझिएको छ ।यसअघि सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा सर्वोच्चले रोक लगाएको थियो। सोही घटना दोहोरिन सक्ने संकेतका कारण हतारमै सो कार्यक्रम तय गरिएको हो । यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि सोमबार बिहान ८ः४५ मा फुली लगाउने भएका छन्।