सर्वोच्च अदालतर्ले मुद्दाको अन्तिम फैसला नहुन्जेल थुनामै राख्ने गरि जिल्ला र उच्च अदालतको आदेश सदर गरेपछि उनी थुनामै रहने भएका हुन् ।न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार सुनुवाइपछि आदेश जारी गर्दै आलमलाई थुनामुक्त गर्न नमिल्ने जनाएको हो।
नेता आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा छ।तीन वटा मुद्दामा ३२ वर्ष कैदको माग गरिएको आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालतमा गएका थिए। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पनि उनलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए। आलमलाई पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा राखिएको छ।