काठमाडौँ। संसद् भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसर सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।
अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । त्यो वस्तु बम भए/नभएको पहिचान गरी डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरी स्रोतले बताएको छ ।
त्यस्तै सडकको बीचमा शंकास्पद वस्तु भेटिएसँगै प्रहरीले सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ भने सवारीसाधन डाइभर्ट गरिएको छ।