संसद् भवन अगाडि शंकास्पद वस्तु फेला, प्रेसर कुकर बम भएको आशंका


खबरस्टोरी संवाददाता
१६ फाल्गुन २०७८, सोमबार
संसद् भवन अगाडि शंकास्पद वस्तु फेला, प्रेसर कुकर बम भएको आशंका

काठमाडौँ।  संसद् भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसर सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको  प्रेसर कुकर भेटिएको हो । 

अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । त्यो वस्तु बम भए/नभएको पहिचान गरी डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरी स्रोतले बताएको छ ।

त्यस्तै सडकको बीचमा शंकास्पद वस्तु भेटिएसँगै प्रहरीले सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ भने सवारीसाधन डाइभर्ट गरिएको छ।