स्थानिय तहको निर्वाचनको दिनमा नै बानेश्वर स्थित संसद भवनको १ नम्बर गेट नजिकै अज्ञात व्यक्तिद्धारा सिलिन्डरमा आगो लगाई बम विष्फोट गराएको र विष्फोट गराउने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
यो घटनाबाट मानविय क्षती नभएको र निर्वाचन विरोधी समुहले यस्तो कार्य गरेको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलमा “नेकपा सीवादी” लेखिएको पत्र भेटिएको र हाल उक्त घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।