सशस्त्र प्रहरीका ५६ जनालाई डीएसपीमा बढुवा सिफारिस


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
सशस्त्र प्रहरीका ५६ जनालाई डीएसपीमा बढुवा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरीका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । 

बिहीवार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । बढुवामा चित्त नबुझेका अधिकारीहरुले त्यस विरुद्ध सात दिनभित्र नियम अनुसार उजुरी दिन सक्ने सूचनामा उल्लेख छ । 

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले नियमावलीको नियम ५५ मा ब्यवस्था भए बमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने नायव महानिरीक्षक बिदुर खड्काद्धारा प्रेषित सूचनामा उल्लेख छ ।