बुधबार सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीले बैंकमा खाता खोलेको पहिलो वर्ष बैंकका सुविधाहरु निःशुल्करुपमा प्राप्त गर्नेछन् भने त्यसपछि पनि उनीहरुले न्यून शुल्कमा उनीहरुले सो सेवा पाउने भएका हुन् । मंगलबार सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा लगायतका विविध बैंकिङ्ग सुविधा प्रदान गर्ने गरी सम्झौता भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य तथा बैंकका सीईओ किरण कुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट सहायक सीईओ प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।