सशस्त्रको एआइजीमा राजु अर्याललाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


खबरस्टोरी संवाददाता
१४ बैशाख २०७९, बुधबार
सशस्त्रको एआइजीमा राजु अर्याललाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजु अर्याललाई सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

वैशाख ५ मा बढुवा समितिले डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । एआईजीमा बढुवा गरेसँगै उनी भावी सशस्त्र प्रहरी महानिरीक्षक हुने भएका छन् ।डिआइजी अर्याल २०७९ वैशाख १८ पछि आईजीपी नियुक्त हुनेछन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछ