सशस्त्रका नवनियुक्त महानिरीक्षक अर्यालले सम्हाले पदभार


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
सशस्त्रका नवनियुक्त महानिरीक्षक अर्यालले सम्हाले पदभार
काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमबार पदवहाली गरेका छन् ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा रिथ अर्पण गरे । त्यसअघि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको सम्मानमा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले सम्मान गारद सलामी अर्पण गरेको थियो ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, मिशन लगायतका कार्यहरु बैज्ञानीक र पारदर्शी ढंगले अगाडी बढाउने बताउदै संगठनको विकास र विस्तारमा समेत विशेष ध्यान पु¥याईने बताए ।