स्थानीय निर्वाचनबारे छलफलका लागि चारै सुरक्षा प्रमुखहरु जंगी अड्डामा


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
स्थानीय निर्वाचनबारे छलफलका लागि चारै सुरक्षा प्रमुखहरु जंगी अड्डामा
काठमाडौ । स्थानीय निर्वाचन केन्द्रित छलफलका लागि प्रधानसेनापति प्रभुराम शर्माले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखसँग सैनिक मुख्यालय जंगी अड्डामा बेठक बोलाएका छन्। 

प्रधानसेनापति शर्माले आईतबार आसन्न स्थानीय तह निर्वाचन– २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक  पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलसँग  जंगी अड्डामा भेटघाट तथा छलफल गरेका हुन् ।