आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।गत वैशाख १५ मा बसेको जिल्ला सुरक्षा समिति बैठकको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो । यी क्षेत्रमा जेठ २ गतेसम्म नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिने छ । निर्वाचन नसकिएको खण्डमा समय थप पनि गर्न सकिने गरी सो निर्णय गरिएको हो ।
जसअनुसार नेपाल प्रहरी सगँसगै सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पनि लिने भएको छ ।आन्तरिक र बाह्य काम नेपाल प्रहरीले अग्रपक्तिमा रहेर गर्ने र त्यसको सुरक्षा नेपाली सेनाले गर्नेछ ।देशका महत्वपूर्ण प्रतिष्ठान र निकायमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिने गरेको छ ।
चितवन प्रहरीका अनुसार मतदानस्थलको निरीक्षण, अनुगमनका काम भइरहेको छ । मतदानस्थलमा हुनसक्ने सम्भावित घटनाको समेत पूर्वानुमानका कामसमेत भइरहेको छ।