उनका श्रीमान जितेन्द्रले नदीमा हाम फालेर ज्यान जोगाएका हुन् । वागमतीमा हाम फालेकि उनी डुवेकी थिइन् । श्रीमती माझीले तीन वटा छोरा कान्छो श्रीमानको भएको भन्दै आफू कान्छो श्रीमानसँग बस्न चाहेको बताइन् । तर, उनका श्रीमान माझीले ५ वटै छोरा आफ्नो भएको दावी गरे ।
उनका श्रीमान जितेन्द्र माझी कोटेश्वरमा फर्निचर व्यवसाय गरेर २० वर्षदेखि बसिरहेका छन् । कान्छो श्रीमानसँग विवाह भएको १५ वर्ष पुगेको लक्ष्मी जिरेल माझीले बताइन् । माझीका जेठा छोरा करण माझीका अनुसार लक्ष्मीले सिन्धुपाल्चोक खाडीचौरका विमल थापासँग दोश्रो विवाह गरेकी हुन् ।