श्रीमानको हत्या गरेर महिला पुगिन प्रहरी कार्यलय


खबरस्टोरी संवाददाता
२८ चैत्र २०७८, सोमबार
श्रीमानको हत्या गरेर महिला पुगिन प्रहरी कार्यलय
कैलाली। कैलालीमा आफ्नै श्रीमानको एक महिलाले हत्या गरी प्रहरी कार्यलय पुगेकी छन् । मोहन्याल गाउँपालिका—१ राक्सा बस्ने थुमा थापामगरले आइतबार राति श्रीमान नारायण बुढामगरको हत्या गरेकी हुन्  ।

प्रहरीका अनुसार थुमाले हसियाँको प्रयोग गरी श्रीमानको हत्या गरेकी थिइन । प्रहरी कार्यलय पण्डौनमा उनले आज बिहान आत्मसमर्पण गरेकी हुन् । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।