श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


खबरस्टोरी संवाददाता
७ पुष २०७८, बुधबार
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । 

श्रीमानको  कुटपिटबाट मंगलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो । 

प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए । 

यस्तै, मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ । दुवै जनाबीच  विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । 

उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ ।