तनहुँ अदालतले दुर्गेशलाइ बयानका लागि बोलायो


खबरस्टोरी संवाददाता
६ बैशाख २०७९, मंगलवार
तनहुँ अदालतले दुर्गेशलाइ बयानका लागि बोलायो
काठमाडौ । नाबालिग माथि जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका मोडल तथा अभिनेता पल शाह प्रकरणमा घटनाको साक्षी मानिएका गायक दुर्गेश थापालाई तनहुँ जिल्ला अदालतले बोलाएको छ।

आइतवारदेखि पीडित गायिका, जाहेरवाला उनका बाबु र अन्य साक्षीहरुसहितसँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको छ।

हालै मात्र पीडित भनिएकी नाबालिगले प्रहरी समक्ष दिएको बयान एकाएक बदलेकी थिईन् । सोही क्रममा आवश्यकता अनुरुप अदालतले गायक थापालाई बकपत्रका लागि तनहुँ झिकाएको हो ।