तनहुँमा खोलाले बगाएर एक बालिकाको मृत्यु


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
तनहुँमा खोलाले बगाएर एक बालिकाको मृत्यु
काठमाडौँ। तनहुँमा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदीखोलाले बगाएर बालिकाको मृत्यु भएको हो।  मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ सोही स्थानदेखि पाँच सय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिएका छन् ।

बालिकालाई आइतबार राति १० बजे दमौली अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।