तनहुँमा माछा मार्ने क्रममा २ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
तनहुँमा माछा मार्ने क्रममा २ जनाको मृत्यु
काठमाडौँ । तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँमा माछा मार्ने क्रममा दुई जना युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँका एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा)  मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए ।

भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।