ताप्लेजुङमा मृत भेटिए एमाले कार्यकर्ता


खबरस्टोरी संवाददाता
२९ बैशाख २०७९, बिहीबार
ताप्लेजुङमा मृत भेटिए एमाले कार्यकर्ता
काठमाडाैं | ताप्लेजुङको मिक्काखोला गाउँपालिका-१ को खोक्लिङमा एक युवकको शव फेला परेको छ । तेल्लावङ कन्स्ट्रक्सनमा एक्स्काभेटर चलाउने २४ वर्षीय विनोद बुधबार दिउँसो दोभानबाट घर जाने भनेर हिँडेको कम्पनीका प्रबन्धक टंक खतिवडाले बताए । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रमुख कैलाश राईले बिहीवार राति खोक्लिङ भन्ने ठाउँमा सडकबाट ३०० मिटर तल विमल कार्कीको शव फेला परेको जानकारी दिए । 

उनले अहिले घटनास्थलको मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि शव सदरमुकाम पठाइएको बताए ।

प्रहरीसँग एमालेले बिमल आफ्नो कार्यकर्ता भएको दाबी गरेको छ । घटना सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।