जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रमुख कैलाश राईले बिहीवार राति खोक्लिङ भन्ने ठाउँमा सडकबाट ३०० मिटर तल विमल कार्कीको शव फेला परेको जानकारी दिए ।
उनले अहिले घटनास्थलको मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि शव सदरमुकाम पठाइएको बताए ।
प्रहरीसँग एमालेले बिमल आफ्नो कार्यकर्ता भएको दाबी गरेको छ । घटना सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।