ठगी तथा आपराधिक विश्वासघात कसूरमा संलग्न पक्राउ


खबरस्टोरी संवाददाता
८ चैत्र २०७८, मंगलवार
ठगी तथा आपराधिक विश्वासघात कसूरमा संलग्न पक्राउ
काठमाडौं।  ठगी तथा आपराधिक विश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

पीडितको नवलपरासी जिल्लास्थित जग्गा/जमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद दुई करोड ५६ लाख रूपैयाँ नदिई फरार रहेकी उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।