भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो। पुर्जीमा उनलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा फरार सूचीमा राखिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध दोहोरो नागरिकता लिएको दाबी गर्दै उजुरी परेको छ। उनले ओखलढुंगाबाट पहिलो पटक २०४७ असोज २९ गते १८३५÷४५४ नम्बरको होमबहादुर बिष्टको नाममा र काठमाडौंबाट समेत २०५१ असार २१ गते मिलनकुमार विष्टको नामबाट नागरिकता लिएको दाबी गर्दै उजुरी परेको हो।