दाङमा जिप दुर्घटना हुँदा १३ जना घाइते


खबरस्टोरी संवाददाता
१५ बैशाख २०७९, बिहीबार
दाङमा जिप दुर्घटना हुँदा  १३ जना घाइते
 काठमाडौँ । दाङमा यात्रुबहाक जिप दुर्घटनामा परि १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । 

घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

१३ जना घाइते मध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ