धनगढी । धामीको कुटाईबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।
बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीय रन्जुला साउदले धामीको कुटाईबाट ज्यान गुमाएकी हुन् । बिरामी भएपछि घरमा धामीझाँक्री बोलाइएको थियो । साउदलाई बोक्सी लागेको भन्दै स्थानिय धामी धर्मानन्द भट्ट र नारायण दत्त भट्टले कुटपिट गरेका थिए ।
साउद एक्कल महिला हुन् । आर्थिक अभावको कारण साउद अस्पताल जान सकेकी थिइनन् । कुटपिटको कारण मृत्यु भएपछि कञ्चनपुर प्रहरीले भट्टलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ।