धनगढीमा दुई धामीको कुटाईबाट एक महिलाको मृत्यु


खबरस्टोरी संवाददाता
३ बैशाख २०७९, शनिबार
धनगढीमा दुई धामीको कुटाईबाट एक महिलाको मृत्यु

धनगढी । धामीको कुटाईबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीय रन्जुला साउदले धामीको कुटाईबाट ज्यान गुमाएकी हुन्  । बिरामी भएपछि घरमा धामीझाँक्री बोलाइएको थियो । साउदलाई बोक्सी लागेको भन्दै स्थानिय धामी धर्मानन्द भट्ट र नारायण दत्त भट्टले कुटपिट गरेका थिए ।

साउद एक्कल महिला हुन्  । आर्थिक अभावको कारण साउद अस्पताल जान सकेकी थिइनन् । कुटपिटको  कारण मृत्यु भएपछि कञ्चनपुर प्रहरीले भट्टलाई  नियन्त्रणमा लिएको छ ।  घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ।