उपरथीमा बढुवा भएका बानियाँ, दवाडी र ढकालले लगाए फुली


खबरस्टोरी संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार
उपरथीमा बढुवा भएका बानियाँ, दवाडी र ढकालले लगाए फुली
काठमाडौं। नेपाली सेनाको उपरथी पदमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। २०७९ जेठ २३ गतेको मन्त्रिपरिषद्ले सहायक रथीबाट उपरथीमा  बढुवा भएका दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह पाएका बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन्। 

कार्यक्रममा सहायक रथीमा पदोन्नति भएका दुई महासेनानीहरुलाई प्रधानसेनापति महारथी शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।