उदयपुरमा करेन्ट लागेर एक पुरुषकाे मृत्यु


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
उदयपुरमा करेन्ट लागेर एक पुरुषकाे मृत्यु
काठमाडाैँ। उदयपुरमा करेन्ट लागेर एक पुरुषकाे मृत्यु भएकाे छ। जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका-४ बसाहाका ४७ वर्षीय धनकुमार राईको आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएकाे हाे।

शनिबार राति ९ बजे खाना खाएर सुत्ने बेला ढोका लगाउने क्रममा तार छुन पुगेपछि करेन्ट लागी उनी गम्भीर घाइते भएका थिए।

चौदण्डीगढी नगर अस्पताल बेल्टारमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जनाएका छन्।